सडक सुव्यवस्थित र सुरक्षित बनाउन सांसद बिसीको आग्रह


९ भाद्र २०८१, आईतवार १४:२८ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमाले सांसद सुमित्रा बिसीले सडक सुव्यवस्थित र सुरक्षित बनाउन सरकारसँग आग्रह गर्नुभएको छ । आईतवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले असारे बजेटका नाममा अन्तिम समयमा आएर बजेट खर्च गर्ने र त्यस बेलाको काम हतारमा हुने भएकाले जनताले तिरेको करको प्रभावकारीता नदेखिएको बताउनु भयो ।

उहाँले ठेक्कापट्टा लिने ठेकेदार कम्पनीले लापरवाही गर्दा पनि समयमै काम सम्पन्न हुन नसकेको बताउनु भयो । उहाँले सरकारले समयमै सम्पन्न हुन नसकेका आयोजनाहरुबारे गम्भीर भएर अनुसन्धान गर्नुपर्ने बताउनु भयो । सांसद बिसीले जनतालाई परेका सास्ती हटाउन सरकारले आवश्यक ध्यान दिनुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here