चितवन । भरतपुर महानगरपालिका वडा १४ सुन्दरबस्तीमा गएराती मादकपदार्थ सेवन गरेका दुई दाजुभाईबीच विवाद हुँदा आफ्नै मोटरसाइकलमा आगजनी गरेका छन् ।
ईलाका प्रहरी कार्यालय गितानगरका प्रहरी नायब निरीक्षक श्री कृष्ण राउत अनुसार गएराती अन्दाजी २ बजेको समयमा सुन्दर बस्ती निवासी बर्ष ३० को राजु घर्ती र बर्ष २० को कृष्ण घर्तीबिच मादक पर्दार्थ सेवन गरेर भएको विवादका क्रममा ना. २२ प ११३९ मोटरसाइकल जलाएको हो ।
आफ्नै घरमा रहेको उक्त मोटरसाइकल जलाएपछि पक्राउ परेका उनीहरुलाई गएराती नै जिल्ला प्रहरी कार्यालय भरतपुर पठाइएको प्रहरी नायब निरीक्षक राउतले बताए ।





