सरकारद्वारा डाटा सुरक्षासम्बन्धि मापदण्ड तयार


५ भाद्र २०८१, बुधबार १४:५८ मा प्रकाशित

काठमाडौं । सरकारले डाटा सुरक्षासम्बन्धि मापदण्ड तयार पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सो कुरा बताउनुभएको हो । नेपाल उद्योग परिसंघले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आईटी पार्क, नलेज पार्क निर्माणको काम पनि मन्त्रालयले शुरु गरेको बताउनु भयो ।

आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धि अवधारणा पत्र स्वीकृत गरेर मन्त्रालयले त्यसको नीति बनाउने काम पनि शुरु गरेको सचिव अर्यालको भनाई थियो । सञ्चार क्षेत्रलगायतका लागि आवश्यक नीति निर्माणको काममा सरकार लागि परेकाले त्यसमा सहयोग गर्न पनि सम्बन्धित सबै पक्षसँग उहाँले अपिल गर्नुभयो । 

सचिव अर्यालले सरकारले सूचना प्रविधिमा सबैको पहुँच पु¥याउने काम गरेको उल्लेख गर्दै त्यसको अधिकतम उपयोग गर्न पनि निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here