सरकारले सय दिनमा गर्ने कामको योजना छिट्टै सार्वजनिक हुन्छः मुख्यसचिव गड्तौला


५ भाद्र २०८१, बुधबार १४:५५ मा प्रकाशित

काठमाडौं । नेपाल सरकारले सय दिनमा गर्ने कामहरुको योजना सार्वजनिक गर्ने भएको छ । मुख्यसचिव लीलादेवी गड्तौलाले सरकारले सय दिनमा सम्पादन गर्ने कामहरुको योजना छिट्टै सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिनुभएको हो ।

नेपाल उद्योग परिसंघले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले गत वर्ष भन्दा यस वर्ष सरकारले बजेटमा उल्लेखित कार्यक्रम कार्यान्वयनमा बढी सफलता हात पर्ने दाबी समेत गर्नुभयो । गत वर्षभन्दा यस वर्ष बजेटमा उल्लेखित कार्यक्रमहरु कार्यान्वयन हुने र बजेट पनि खर्च हुने मुख्यसचिव गड्तौलाको दाबी थियो । उहाँले आफूले बजेटबारे धेरै बोल्न नमिल्ने तर्क समेत गर्नुभयो ।

सम्बन्धित मन्त्रालयले बजेट कार्यान्वयन गर्ने भएकाले आफूले त्यसमा बढी बोल्न उपयुक्त नहुने मुख्य सचिव गडतौलाको स्पष्टिकरण थियो । मुख्यसचिव गडतौलाले आफ्नो जिम्मेवारी पूरा गर्न सचिवहरुलाई निर्देशन समेत दिनुभयो । उहाँले जिम्मेवार निकायमा बस्नेहरुले बोल्ने भन्दा पनि काम गरेर परिणाम देखाउन केन्द्रित हुनुपर्ने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here