सर्वसाधारणका लागि छिटै धरहरा चढ्ने वातावरण बन्छः उपप्रधानमन्त्री सिंह


५ भाद्र २०८१, बुधबार १२:२० मा प्रकाशित

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आम सर्वसाधारणका लागि धरहरा खुला गर्ने भएको छ । बुधवार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारहरुसँगको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले धरहराको सबै काम नसकिए पनि चढ्न चाहनेहरुका लागि आवश्यक बन्दोबस्त मिलाएर केही समयपछि नै खुला गर्ने जानकारी दिनुभयो । उहाँले संसदकै पहिलो र दोस्रो ठूलो राजनीतिक दलहरु मिलेर सरकार बनेकाले नयाँ शहरहरुलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने बताउनु भयो ।

उपप्रधानमन्त्री सिंहले नयाँ संसद भवन आफू मन्त्री भएर आउँदा नै ८२ प्रतिशत काम सकिसकेको र अहिले काम जारी रहेकाले समयसीमाभित्रै काम सकेर सञ्चालन गर्ने तयारी रहेको पनि बताउनु भयो ।

उहाँले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पनि आवश्यक छलफल भइरहेको पनि बताउनु भयो । राजधानीलाई सुधार गर्नुपर्छ भन्नेमा आफू सहमत रहेको र त्यसको लागि काम शुरु गरिसकेको पनि बताउनु भयो । उहाँले सरकारले अहिले नीति निर्माणमा नै बढी जोड दिइरहेको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here