मध्य गाजामा इजरायली हवाई आक्रमणमा ९ जनाको मृत्यु


५ भाद्र २०८१, बुधबार ११:२९ मा प्रकाशित

मध्य गाजापट्टीको देइर अल–बालाहको बजारमा इजरायली हवाई आक्रमणमा ९ व्यक्तिको मृत्यु भएको छ । प्यालेस्टिनी सुरक्षा स्रोतहरूले इजरायली विमानले बजारमा मिसाइल प्रहार गरेको थियो ।

हवाई आक्रमणमा महिला र बालबालिका सहित ९ जनाको मृत्यु भएको छ र धेरै घाइते भएका छन् । मृतकहरूको शव र घाइतेहरूलाई देइर अल–बालाहको शुहादा अल–अक्सा अस्पतालमा लगिएको छ र त्यहाँ मृत्यु हुनेहरूको संख्या बढ्न सक्ने चिन्ता छ ।

इजरायलले हवाई हमलाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । गाजा पट्टीमा इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here