पाकिस्तानद्वारा ब्यालेस्टिक मिसाइल शाहिन–२ को प्रक्षेपणको प्रशिक्षण सञ्चालन


५ भाद्र २०८१, बुधबार ११:२६ मा प्रकाशित

पाकिस्तानले मंगलवार ब्यालेस्टिक मिसाइल शाहिन–२ को सफलतापूर्वक प्रक्षेपण गरेको सेनाले जनाएको छ । पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले तालिम प्रक्षेपणको उद्देश्य सैनिकहरूलाई प्रशिक्षण दिन, विभिन्न प्राविधिक मापदण्डहरू प्रमाणित गर्ने र सुधारका लागि विभिन्न उप–प्रणालीहरूको कार्यसम्पादन मूल्याङ्कन गर्ने उद्देश्यले गरिएको बताएको छ ।

पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री शहबाज सरिफ, पाकिस्तानी सेनाको संयुक्त चिफ अफ स्टाफ कमिटीका अध्यक्ष साहिर शमशाद मिर्जा र सेवा प्रमुखहरूले वैज्ञानिक र इन्जिनियरहरूलाई सफलताको लागि बधाई दिए । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here