भारतका अस्पतालमा ओपीडी र शल्यक्रिया सेवा बन्द


२ भाद्र २०८१, आईतवार १२:५७ मा प्रकाशित

काठमाडौँ – भारतका अस्पतालमा ओपीडी र शल्यक्रिया सेवा बन्द भएका छन् ।  कोलकताको आरजी कर अस्पतालमा एक जना प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा भारतीय चिकित्सा संघ आइएमएले आज भारतभरका सबै अस्पतालमा ओपीडी र शल्यक्रिया सेवा बन्द गराएको हो ।

२४ घण्टाका लागि सबै अस्पतालहरुमा ओपीडी र शल्यक्रिया सेवा बन्द रहने आइएमएलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गएको बुधवार कोलकातामा एक जना प्रशिक्षार्थी महिला डाक्टरको बलात्कार गरेर हत्या भएपछि अहिले देशभर आन्दोलन चर्किएको छ । डाक्टर मारिएको आरजी कर अस्पतालमा प्रदर्शनकारीले तोडफोड गर्ने जोखिम बढेपछि स्थानीय सरकारले निषेधाज्ञा लगाएको बीबीसी हिन्दीले जनाएको छ ।

यसैबीच भारतीय स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षाको बिषयमा अध्ययन गरी सुझाव दिन एक समिति गठन गर्ने आश्वासन दिएको छ । डाक्टरको आन्दोलनका कारण भारतको स्वास्थ्य सेवा प्रभावित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here