गठ्ठाघर दुर्घटनाको छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन


३२ श्रावण २०८१, शुक्रबार ०८:५७ मा प्रकाशित

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक (आइजीपी)लाई निर्देशन दिएका छन् ।

गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटना कारण खाेज्न आइजीपी वसन्त कुँवरलाई निर्देशन दिएका हुन् । गठ्ठाघरमा भएको दुर्घटनाबारे दुःख व्यक्त गर्दै उनले भने “गठ्ठाघरकाे दुर्घटनामा के भएको हाे ? दुर्घटना हुनुमा कसैको गल्ती छ कि ?  यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि ? यसको गम्भीरतापूर्वक छानबिन गर्नुहोस् ।” 

बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोकनजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो ।  ना ६ ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here