जनार्दनले पार्टी फुटाउँछ भन्ने हल्ला गलत होः अध्यक्ष दाहाल


३१ श्रावण २०८१, बिहीबार १८:०५ मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी फुट्ने कुरा निराधार रहेको बताउनुभएको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायि कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले पार्टी फुट्ने कुरा निराधार रहेको र लामो समयदेखि हल्ला फिँजाइएको बताउनु भयो । उहाँले उपमहँस्चिव जनार्दन शर्माले पार्टी फटाउने भन्ने हल्ला फिँजाइएको भन्दै उक्त हल्ला गलत रहेको बताउनु भयो । उहाँले पार्टी एकतावद्ध भएको पनि बताउनु भयो ।

 संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई पीडितकेन्द्रित, पीडितमैत्री बनाउने सम्पूर्ण प्रयास गरिएको र यसले पीडितहरुको मागलाई, चाहनालाई राम्रोसँग सम्बोधन गरेको जिकिर गर्नुभयो । दृढतापूर्वक कार्यान्वयनमा लैजान आवश्यक रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here