आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य


३२ श्रावण २०८१, शुक्रबार ०९:०० मा प्रकाशित

झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले शुक्रबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाएको हो ।

निगमका काठमाडौं उपत्यकामा अब पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५५ रुपैयाँका दरले कारोबार गर्न पाइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here