कङ्गोमा इबोला संक्रमणबाट १ हजार ७ सयको ज्यान गयाे


५ श्रावण २०७६, आईतवार १३:२७ मा प्रकाशित

एजेन्सी । कङ्गोमा इबोला संक्रमणबाट एक हजार ७ सय जनाको मृत्यु भएको छ ।

कङ्गोमा पछिल्ला दिनमा प्राणघातक इबोला भाइरस व्यापक रुपमा फैलिएपछि उपचार, नियन्त्रण र निगरानीलाई व्यापक बनाइएको कङ्गोको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इबोलाको पछिल्लो संक्रमणलाई तत्काल सम्बोधन गर्नुपर्ने स्वास्थ्य समस्या भन्दै “विश्व स्वास्थ्य आपतकाल” घोषणा गरेको छ ।

इबोला संक्रमित व्यक्तिको ५० प्रतिशत मर्ने सम्भावना हुन्छ । हाल सम्म इबोलाको उपचार तथा रोकथामको कुनै आधिकारिक औषधी पत्तालागेको छैन् । डब्लुएचओले इबोलासँग जुध्न कम्तीमा २३ करोड अमेरिकी डलर आवश्यक रहेका र गर्न सबैमा आह्वान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here