पाँचथरमा २८ लाख रुपैँया बराबरको टमाटर सडकमै फालियो


५ श्रावण २०७६, आईतवार १२:२८ मा प्रकाशित

पाँचथर । मेची राजमार्गको फिदिम इलाम सडक खण्ड अन्र्तगत पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं ३ मा पर्ने पाङग्रे भिरमा पहिरो गए पछि राजमार्ग बन्द हुँदा २८ लाख रुपैँया बराबरको टमाटर बिग्रिएको छ ।

बाटो बन्द भएका कारण पाँचथरको नागी, अमरपुर र थर्पु देखि तराई लैजान टमाटर बोकेका २२ वटा पिकअपमा रहेको टमाटर कुहिएर फालेको टमाटर ब्यापारी नवराज उप्रतीले बताए । बुधबार लोड भएका २२ पिकअप तीन दिन देखि बाटैमा रोकिएका छन २८ लाख मूल्यका टमाटर कुहिएको छ । कुहिएका टमाटर सडकमै फालिएको छ ।

यसै गरी भापा देखि पाँचथर र ताप्लेजुङ सम्म फलफुल लिएर आएका गाडी रोकिए पछि आँप र केरा बिग्रिने अवस्थामा पुगेकोे फिदिमका फलफुल ब्यापारी हरि ओझा बताउछन् । बाटो बन्द भए पछि फिदिममा प्रेट्रोल सकिएको अब एक दुइ दिनमा डिजल समेत सकिने अवस्थामा पुगेको किरण सप्लायर्स फिदिमका प्रोपाइटर धनबहादुर राईले बताए ।

राजमार्ग बन्द भए पछि सडक डिभिजन कार्यालय इलाम र पाँचथरबाट गएका स्काभेटर र डोजरले पहिरो पन्छाउन नसके पछि साढे ४ किलो मिटर बैकल्पिक बाटो शनिबार देखि खन्न शुरु गरिएको जिल्ला प्राविधिक कार्यालय पाँचथरका इन्जिनियर भरत यादवले बताए । राजमार्ग बन्द भए पछि पाँचथर र ताप्लेजुङमा दैनिक उपभोग्य बस्तुको अभाव देखिन थालेको छ अझ एक दुई दिन बन्द हुने हो भने अवस्था निकै भयाबह हुन सक्ने पाँचथर उद्योग बाणिज्य संघका अध्यक्ष दिपक नेपालले बताए ।

राजमार्ग बन्द भए पछि यात्रीहरुले हैरानी ब्यहोरी रहेका छन् उनीहरुको सुरक्षा र हैरानीलाई कम गर्न वैकल्पिक बाटो चाडो निमार्ण गर्न स्थानीय सरकार जिल्ला समन्वय समिती र जिल्ला प्रशासन कार्यालय लागि परेको पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here