रत्ननगर । पूर्वी चितवनको रत्ननगरबाट प्रहरीले गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार हिजो (शनिबार) साँझ अन्दाजी ५ बजेको समयमा कालिका नगरपालिका २ थेखडिया बस्ने कुमारी महतोको घरबाट ७०० ग्राम गाँजा र ऐ.ऐ. नगरपालिका वडा नम्बर ५ भिमवली सामुदायीक वन उपभोक्ता समुहको जंगलबाट २५ पोका २६० ग्राम गाँजा सहित भरतपुर महानगरपालिका ११ बस्ने बिजय कुमाल र कालिका नगरपालिका बस्ने कुमारी महत्तोलाई पक्राउ गरिएको हो ।
पदमपुर प्रहरीबाट खटिएको प्रहरीको विशेष टोलीले उनलाई नियन्त्रणमा लिइएको बताइएको छ । पक्राउ परेकालाई ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख आचार्यले बताए ।





