एक वर्ष भित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्छौंः प्रधानमन्त्री


२९ श्रावण २०८१, मंगलवार १६:४५ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष भित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्ने बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बालबालिका सडकमा हुनु नहुने बताउनु भयो ।

उहाँले बालबालिकाहरु अभिभावकबिहीन भएर सडकमा अलपत्र पर्ने अवस्थाको अन्त्य गर्ने बताउनु भयो । उहाँले  बालबालिकालाई सडकमा अलपत्र भएको हेर्न नसक्ने बताउनु भयो । उहाँले उनीहरुको रेखदेख, सन्तुलित आहार दिने, स्याहारसम्भार गर्ने, उन्नतिप्रगतिका लागि उचित शिक्षा, स्वास्थ्यको प्रवन्ध गर्ने र अन्य अवसर पनि उपलब्ध गराउने कर्तव्य राज्यको भएको बताउनु भयो । 

प्रधानमन्त्री ओलीले वर्षमा ५ लाख रोजगारी आवश्यक पर्ने बताउनु भयो । युवाहरुलाई उद्यमशिलतामा विकास गर्नुपर्ने जरुरी रहेको र सरकारले गहन रुपमा सोचिरहेको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here