विद्युत महशुलसम्बन्धि विवाद समाधानका लागि संसदीय छानविन समिति बनाऔंः महेन्द्रबहादुर शाही


२९ श्रावण २०८१, मंगलवार १५:५८ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले डेडिकेटेड र ट्रक लाईनको वक्यौता रकम असुलीबारे छानविन गर्न संसदीय छानविन समिति गठन गर्न सरकारसँग माग गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा सो विषय राष्ट्रिय बहसको विषय भएकाले यसको छानविनका लागि संसदीय समिति नै गठन गर्नुपर्ने उहाँको प्रश्ताव थियो । सांसद शाहीले कोभिडको बेलामा घाटामा गएका उद्योगहरुलाई विशेष छुट दिनुपर्ने कारण भएपनि अन्य अवस्थामा छुट दिनेकुरा मान्य नहुने पनि बताउनु भयो । 

्सांसद शाहीले सरकारले सुशासनको मामिलामा के गर्छ ? भनि प्रश्न समेत गर्नुभयो । पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुशासनको पक्षमा काम गरेको जिकिर गर्दै वर्तमान सरकारले त्यसलाई निरन्तरता दिनुपर्ने उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here