कुनैपनि बेला नेपालमा बंगलादेशको अवस्था आउनसक्छ, सजग रहनुस्ः नेता कोईराला


२९ श्रावण २०८१, मंगलवार १७:३७ मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपालमा पनि बंगलादेशको अवस्था आउनसक्ने भन्दै सचेत रहन आग्रह गर्नुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले बंगलादेशमा ११ प्रतिशतको आर्थिक वृद्धि भइरहेको अवस्थामा पनि सो दुर्घटना आइपरेको भन्दै नेपालमा सोही अवस्था आउनसक्नेतर्फ सचेत गराउनु भयो । उहाँले दुई तिहाईको सरकार भएको देशमा समेत प्रधानमन्त्री देश बाहिर भाग्नुपरेकोबारे अवगत गराउनु भयो ।

उहाँले सरकारले २४ वर्षपछिका युवाहरुलाई कसरी समेटेर राख्ने, कसरी रोजगारीका अवसर सिर्जना गर्ने  भन्नेबारेमा सोच्नुपर्ने जरुरी रहेको बताउनु भयो । उहाँले नेपालमा आर्थिक अवस्था जर्जर  रहेको बताउनु भयो । नेता कोईरालाले सामाजिक सञ्जालमा आफ्ना विचार राख्दा गम्भीर हुन आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here