शेयर बजार ७०.८१ अंकले वृद्धि हुँदा, कारोबार रकममा रेकर्ड ब्रेक


२८ श्रावण २०८१, सोमबार १५:४६ मा प्रकाशित

काठमाडौं । शेयर बजार कारोबार रकममा सोमवार उच्च रेकर्ड कायम भएको छ । नेपाली पुँजीबजारमा पछिल्लो दिनहरुमा नयाँ नयाँ रकर्ड बन्दै गएको छ । आईतवार शेयरबजार कारोबार रकममा राखेको उच्च रेकर्ड सोमवार तोडिएको छ ।

आईतवारको शेयर बजार कारोबारमा २५ अर्ब २७ करोडको कारोबार भएकोमा सोमवार उक्त कारोबार रकमलाई तोड्दै उच्च रेकर्ड कायम भएको हो । सोमवार शेयर बजार मापक नेप्सेको कारोबार रकम २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा नयाँ रेकर्ड बनाउँदा नेप्से परिसूचक ७०.८१ अंकले बढेर २९३१.६५ बिन्दुमा पुगेको छ । साताको दोस्रो कारोबार दिन नेप्से भने साढे २ प्रतिशत बढेर २९०० बिन्दुभन्दा माथि  पुगेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १०.५६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ५.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.०६ अंकले बढेको छ । 


सोमवार कारोबारमा आएका ३३९ कम्प्नीको ६ करोड ४८ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री हुँदा २७ अर्ब २४ करोड बराबरको कारोबार भएको छ । कारोबार रकमले नयाँ रेकर्ड बनाउनुको साथै सोमबार ३० महिनायताकै नेप्से परिसूचक पनि माथि पुगेको हो । सोमवार कुल १७१ कम्पनीको मूल्य बढ्दा ६८ को मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ । 
सोमवार १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । जसमा जीवन बीमा उपसमूहको परिसूचक ५.८५ प्रतिशत बढेको छ भने वित्त र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशत,विकास बैंकको ३ प्रतिशत बढेको छ। त्यस्तै, बैंकिङ, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक पनि  २ प्रतिशतभन्दा बढीले बढेको छ ।


शेयर बजारले कारोबार रकममा रेकर्ड राख्दा ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सूर्यज्योति लाइफ इन्स्योरेन्स, भिजन लुम्बिनी उर्जा कम्पनी, सगरमाथा जलविद्युत कम्पनी, शुभम पावर, श्वेतगंगा हाइड्रोपावर, हिमालयन लाइफ इन्स्योरेन्स, नेशनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर जोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर र अरुण काबेली पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

तर कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ सोमवार  कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्सले १ अर्ब २२ करोड ८० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here