नेपाल—भारत विदेश सचिव भेटः दुई देश बीचका संयन्त्रहरुको बैठक सुचारु गर्नेबारे छलफल


२८ श्रावण २०८१, सोमबार १६:०६ मा प्रकाशित

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विक्रम मिस्रीले पररराष्ट्र मन्त्रालयकि सचिव सेवा लम्सालसँग भेटवार्ता गर्नुभएको छ । विदेशसचिव मिस्रीले सोमवार काठमाडौंको नक्शालस्थित होटल हिल्टनमा परराष्ट्र मन्त्रालयकि सचिव लम्सालसँग भेटवार्ता गर्नुभएको हो ।

भेटवार्ताका क्रममा दुई देशका बिचमा विगतमा भएका सहमतीहरु तथा भारतीय सहयोगमा सञ्चालित विभिन्न कार्यक्रमहरुलाई अझ क्रियाशील बनाउने विषयमा छलफल भएको बताइएको छ । भेटवार्तापछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपाल–भारत सम्बन्धको सबै पक्षहरुको बीचमा समिक्षा गर्ने र आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

उहाँले भारतीय सहयोगमा सञ्चालित परियोजनाहरु र दुई देशका बीचमा भएका विभिन्न संयन्त्रहरुको बैठक सुचारु गर्ने विषयमा पनि कुराकानी भएको बताउनु भयो । उहाँले भारतको विदेश सचिवले नियुक्त भएपछि छिमेकी मुलुकहरुको भ्रमण गर्ने प्रचलन रहेको भन्दै अहिलेको भारतीय विदेश सचिव र नेपालकि परराष्ट्र सचिवबीचको भेटवार्ता परिचयात्मक भेटवार्ता मात्रै भएको बताउनु भयो । भेटका क्रममा कुनै सहमती वा समझदारीहरु नभएको उहाँले स्पष्ट पार्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here