चेतनामुलक कार्यक्रम गरी मनाइयो विश्व हात्ती दिवस


२८ श्रावण २०८१, सोमबार १५:४३ मा प्रकाशित

विश्व हात्ती दिवसको उपलक्ष्यमा म्यानमारको याङ्गुन चिडियाखानाले आईतवार एक विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । प्राणीहरूको संरक्षणको बारेमा सचेतना जगाइ हात्ती दिवस मनाइएको हो ।

यद्यपि विश्व हात्ती दिवस आधिकारिक रूपमा आज (सोमवार) हो । चिडियाखानाका अधिकारीहरूले आइतवार सार्वजनिक बिदा दिएकाले सोही दिन मनाएको बताए । याङ्गुन चिडियाखाना चार हात्तीहरूको घर हो । ती मध्ये मो मो, सबैभन्दा पुरानो एशियाली हात्ती भएको बताइएको छ ।

मो मो सन् १९६१ मा याङ्गुन चिडियाखानामा ल्याइएको थियो । उनी त्यो बेलामा करिव सात वर्षकी थिइन् । उनी अहिले लगभग ७१ वर्षकी भइसकेको बताइएको छ । अगस्ट १२ मा विश्व हात्ती दिवस मनाउने गरिन्छ । 
सिन्ह्वाको सहयोमगा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here