आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै


२८ श्रावण २०८१, सोमबार ०७:३४ मा प्रकाशित

काठमाडौँ । आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सरकारले विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउन थालेको २० वर्ष पुग्न थालेको छ । युवा लक्षित गरी सरकारले ल्याइएका कार्यक्रम कार्यान्वयन प्रभावकारी नहुँदा युवाका मुद्दा अपेक्षाकृतरुपमा सम्बोधन हुन नसकेको युवाहरुको गुनासो छ ।

अहिले युवाको मुख्य समस्या बेरोजगार रहेको छ । स्वदेशमा रोजगारी र उद्यमशीलताको अवसर नहुँदा वार्षिक सात लाखभन्दा बढी युवा रोजगारीका लागि विदेशमा जाने गरेको विभिन्न सरकारी तथ्याङ्क रहेको छ । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले सरकारले युवा लक्षित ल्याइएका कार्यक्रम प्रभावकारी कार्यान्वयन नहुँदा रोजगार र उद्यमशीलतामा समस्यामा परेको बताउनुहुन्छ ।

उहाँले सबैले युवाको चिन्ता गर्ने गरेको तर कसैले पनि व्यवस्थापन नगरेको गुनासो गर्नुभयो । सरकारले सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ ल्याएको छ । तर यो कार्यविधिबाट हुने खाने र टाठाबाठाले मात्र अनुदान प्राप्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here