आज साउनको अन्तिम सोमवार, देशभरका शिवालयहरुमा दर्शनार्थीको घुइँचो


२८ श्रावण २०८१, सोमबार ०७:२४ मा प्रकाशित

काठमाडौं । आज साउनको अन्तिम सोमवार देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका अन्य शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो । साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि घुइँचो लाग्ने गर्दछ ।

आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् ।

त्यस्तै महोत्तजरीको जलेश्वरनाथ, टुटेश्वरनाथ लगायतका मन्दिरमा पनि भक्तजनको भिड लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here