समाज परिवर्तन गर्ने राजनीति गर्नुपर्छः खेलकुदमन्त्री चौधरी


२७ श्रावण २०८१, आईतवार १२:५१ मा प्रकाशित

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सत्ता परिवर्तन गर्ने राजनीति गर्नु नहुने बताउनुभएको छ । ललितपुरमा आईतवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अब समाज परिवर्तन र विकासको राजनीति गर्नुपर्ने बताउनु भयो ।

उहाँले विद्यार्थीलाई खेलकुदमा जोड्न आवश्यक रहेको पनि उल्लेख गर्नुभयो । उहाँले डिजिटलाइजका कारण बिस्तारै विद्यालयबाट खेलकुदका गतिविधिहरु हट्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले डिजिटलको प्रयोग गर्नुपर्ने तर त्यसको विकृति र विसंगतिलाई रोक्न आवश्यक रहेको बताउनु भयो । मन्त्री चौधरीले सरकारले खेलकुद र युवालाई आवश्यक महत्व दिन नसकेको बताउनु भयो । उहाँले युवा तथा खेलकुद मन्त्रालयमा सबैभन्दा कम बजेट दिइएको भन्दै असन्तुष्टि जनाउनु भयो ।

स्थानीय तहमा युवालाई राम्रोसँग परिचालन गर्न सक्नुपर्ने बताउनु भयो । खेलकुदमन्त्री चौधरीले सरकारले भदौ महिनाभित्र नै युवा नीति ल्याउने बताउनु भयो । उहाँले  नेपालमा काम गर्ने मानिसलाई प्रशस्त रोजगारीका अवसर रहेको बताउनु भयो । उहाँले नेपालमा शिक्षक नपाएर विद्यालयका लागि बाहिरबाट ल्याउने गरेको बताउनु भयो । उहाँले १० वर्षपछि नेपालमा शिक्षक नपाइने दाबी गर्नुभयो । उहाँले युवा पुस्ता शिक्षक बन्न लाग्नुपर्ने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here