जनकपुर धाममा झुलन महामहोत्सवको रौनक


२६ श्रावण २०८१, शनिबार १३:३१ मा प्रकाशित

काठमाडौं । प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा झुला महामहोत्सवको रौनक शुरु भएको छ । चर्चित संस्कृति र पर्व मध्येमा पर्ने झुलन उत्सवमा जनकपुरका मठ मन्दिरहरु संगीतमय बनेका छन् । झुलन उत्सवमा सहभागी हुन नेपाल र सीमावर्ती भारतबाट हजारौंको संख्यामा श्रद्धालुहरु जनकपुर आएका छन् ।

मिथिला क्षेत्रमा रहेका मठमन्दिर र कुटीहरुमा आयोजना भइरहेको झुला उत्सवमा गाइने धार्मिक गीत संगीतले सबैलाई मन्त्रमुग्ध बनाइरहेको हुन्छ । जनकपुर र आसपासका प्रत्येक मठमन्दिरमा झुलाका लागि सिंहासन निर्माण गरी सजाइएको गद्दीमा रामसीताको मूर्ति राखि झुलाउने परम्परा रहेको छ ।

मिथिलाको सांस्कृतिक पर्वका रुपमा चिनिने झुला उत्सव साउन तृतीयादेखि पूर्णिमासम्म मनाइन्छ । झुला उत्सवको शुरुवात सन्त परम्पराको प्रारम्भदेखि नै भएको पौराणीक मान्यता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here