देशलाई समृद्ध बनाउनु छः ओली


२६ श्रावण २०८१, शनिबार १७:०३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पती हिनामिना नगर्ने बताउनुभएको छ । लायन्स क्लवले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको र अब पनि नगर्ने प्रतिवद्धतासमेत दोहो¥याउनु भयो ।

देशलाई सुशासन, तिब्र विकाससहित समृद्धि दिनका लागि आफू सदैव लागि परेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राज्यबाट आफूले कुनैपनि कुरा लिन नचाहेको बताउनु भयो । गरिवी, अभावले तड्पिएर जनता रोइरहेका बेला आफूले कसरी भ्रष्टाचार गर्नसक्छु ? भनि प्रधानमन्त्री ओलीले प्रतिप्रश्न समेत गर्नुभयो । उहाँले आफूले जनताले गरिवी र अभाव भोग्नु नपरोस् भन्ने कुरालाई चासोमा राखेर त्यसलाई पूरा गर्नका लागि समृद्ध नेपालः सुखी नेपालीको गन्तव्य तय गरेको अघि बढेको तर्क पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आम जनताका आवश्यकतालाई पूरा गर्न आफूले काम गर्ने पनि बताउनु भयो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले लायन्सले मानवीय सेवाको क्षेत्रमा गर्दै आएको कामको पनि खुलेर प्रशंशा गर्नुभयो । उहाँले लायन्सले इमान्दार भएर मानवीय सेवाको क्षेत्रमा काम गरेको उल्लेख गर्दै त्यसमा आफ्नो पनि सदैव साथ रहने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here