नेपालको कानूनमा अग्रिम जमानतको व्यवस्था हुनुपर्छः कानूनमन्त्री चौरसिया


२५ श्रावण २०८१, शुक्रबार १५:०६ मा प्रकाशित

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपालको कानूनमा अग्रिम जमानतको व्यवस्था हुनुपर्ने बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले नेपालको कानुनमा अग्रिम जमानतको व्यवस्था हुनुपर्ने धारणा राख्नुभएको हो ।

उहाँले जबर्जस्ती करणीको मुद्दाको वर्गिकरण गर्नुपर्ने बताउनु भयो । उहाँले समान उमेरका बालबालिकाबीचमा सहमतीमा हुने सम्बन्धमा बालकलाई मात्रै विभिन्न मुद्दाहरु लाग्ने गरेको भन्दै त्यस्तो कानून सुधार गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै प्रशासनले कुदृष्टि राखेर व्यक्तिलाई अनावश्यक रुपमा मुद्दा चलाइने गरेको भन्दै कानूनहरुमा आवश्यक सुधार गर्न आफू तयार रहेको बताउनु भयो । उहाँले राष्ट्रले धान्नसक्ने संशाधन भित्र रहेर नेपालका कारागार र बालसुधार गृहहरुको सुधार गर्न आफू तयार रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here