काठमाडौंमा मनाइयो विश्व आदिवासी जनजाति दिवस


२५ श्रावण २०८१, शुक्रबार १३:२३ मा प्रकाशित

काठमाडौं । काठमाडौंमा शुक्रबार विश्व आदिवासी जनजाति दिवस मनाइएको छ। नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयले विभिन्न कार्यक्रम गरी आदिवासी जनजाति दिवस मनाएको हो।

प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपबाट झाँकीसहितको र्‍याली कमलादीस्थित प्रज्ञा भवनतर्फ अघि बढेको छ। दिवसका अवसरमा प्रज्ञा भवनका कार्यक्रम छ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारण सभाले अगस्ट ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here