काठमाडौं महानगरपालिका कार्यालयनजिकै सडक भासियो


२५ श्रावण २०८१, शुक्रबार १२:३५ मा प्रकाशित

काठमाडौं । प्लाजा नजिकको सडक भासिएका कारण सडक अवरुद्ध भएको छ । काठमाडौं महानगरपालिका कार्यालय नजिकै रहेको सडकमा भ्वाङ परेपछि रातिदेखि सडक अवरुद्ध भएको हो ।

दरबारमार्ग र काठमाडौं प्लाजा जोड्ने सडक भासिएको हो । सडक भासिएपछि उक्त खण्डमा रातिदेखि नै आवागमन प्रभावित भएको छ । अहिले उक्त सडक खण्ड बन्द गरिएको ट्राफिक प्रहरीले बताएको छ । यस सडक खण्ड केही दिनअघि पनि भासिएको थियो । भत्किएको खण्ड पुरेर आवागमन सुरू गरिए पनि सडक फेरि भासिन पुगेको स्थानीयले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here