६ किलो २४ ग्राम कोकिन सहित एक जना विदेशी नागरिक पक्राउ


२४ श्रावण २०८१, बिहीबार १५:५२ मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीले लागुऔषध कोकिन ६ किलो २४ ग्रामसहित एक जना विदेशी नागरिकलाई प्रक्राउ गरी सार्वजनिक गरेको छ । साउन २३ गते कतार एयरवेजको उडानद्वारा काठमाडौं आएका वर्ष ५१ का लाटभियन नागरिक इभार्स भाल्टर्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा सामान चेक जाँचको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिहीवार काठमाडौंमा लागुऔषध नियन्त्रण ब्युरोले पत्रकार सम्मेलन गरी निजले बोकेको ह्याण्ड क्यारी सुटकेसभित्र लुकाई छिपाई राखेको शंकास्पद वस्तु चेक जाँच गरी परीक्षण गर्दा लागुऔषध कोकिन ६ किलो २४ ग्रामसहित फेलापारी पक्राउ गरीएको प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले बताउनु भयो ।

साथै निजलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सम्मानित काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको छ । बरामद गरिएको लागुऔषध कोकिनको अवैध बजार मूल्य अन्दाजी २१ करोड ८ लाख रहेको पनि बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here