टिआरसीमा भएको सहमतीले देशमा दिगो शान्तिको लागि बाटो दिन्छः मन्त्री चौरसिया


२४ श्रावण २०८१, बिहीबार १६:४७ मा प्रकाशित

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा सहमती जुट्नुले दिगो शान्तिको लागि बाटो दिएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा दलहरुका बीचमा सहमती जुटेसँगै देशलाई दिगो शान्तिको बाटो दिएको बताउनुभएको हो ।

उहाँले दलहरुका बीचमा भएको सहमती अनुरुप आएको विधेयक पीडितमैत्री भएको बताउनु भयो । उहाँले विधेयकले पीडितलाई न्याय दिने बताउनु भयो । उहाँले विधेयकले सर्वोच्च अदालतले उठाएको विषयलाई समेटिएको बताउनु भयो ।

त्यस्तै मानव अधिकारको उल्लंघन र मानव अधिकारको गम्भीर उल्लंघन, पीडितलाई परिपूरण दिने लगायतका सबै विषय पीडितमैत्री भएर आएको बताउनु भयो । मन्त्री चौरसियाले देशमा पुनः द्वन्द्व हुन नदिनका लागि प्रयास भइरहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here