काठमाडौं– जापानमा शक्तिशाली भूकम्प गएको छ। बिहीबार दक्षिणी जापानमा ७ दशमलव १ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेले जानकारी दिएको छ।
जापानी ब्रोडकास्टर एनएचके वर्ल्ड का अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइता, कगोशिमा जस्ता क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ।