कृषिमन्त्री अधिकारीद्वारा कृषि औजार कारखानाको अवलोकन, आवश्यक सहयोग गर्ने प्रतिवद्धता


२३ श्रावण २०८१, बुधबार १५:०२ मा प्रकाशित

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि औजार कारखानाको विकास र प्रवद्र्धनका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मंगलवार वीरगञ्जस्थित कृषि औजार कारखानामा राष्ट्रिय आविष्कार केन्द्रले गरेका कामहरुको अनुगमन एवं अध्ययनका लागि पुग्नुभएका उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले राष्ट्रिय आविष्कार केन्द्रका विषयमा धेरै सन्दर्भ उठेको भन्दै नयाँ के काम गरिरहेको छ भन्ने अध्ययनका लागि आफूले अवलोकन गरेको बताउनु भयो ।

अवलोकनका क्रममा कृषि औजार कारखानाभित्र राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेका १५/१८ वटा कृषिसँग सम्बन्धित मेसिनरी सामान बनाउन शुरु गरेको पाएको बताउनु भयो । उहाँले कृषि औजारको उत्पादन वृद्धिका लागि मन्त्रालयले छलफल गरेर आवश्यक निर्णय लिने बताउनु भयो ।

 राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अहिले आविष्कार केन्द्रले झन्डै २० किसिमका नमूना कृषि औजारहरु बनाउन परीक्षण गरेको बताउनु भयो । उहाँले उत्पादन शुरु गर्न आफूहरु तयार रहे पनि विद्युत प्राधिकरणले ५ सय केबीको लाइनको ट्रान्सफरर्मर राख्न ढिला गर्दा उत्पादन गर्न नसकेको बताउनु भयो । उहाँले साना किसानलाई चाहिने र उपयोग हुने औजारहरु उत्पादन गर्ने पनि बताउनु भयो । उहाँले राष्ट्रिय आविष्कार केन्द्रले अहिलेसम्म २ करोड खर्च गरिसकेको र अब २० करोडको जिम्मा लिने बताउनु भयो ।

बाँकी सहयोगमा सरकारले गर्न आवश्यक नीति नियम बनाउन आग्रह गर्नुभयो । सोही अवसरमा मन्त्री अधिकारीले सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको अवलोकन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here