खेलाडीबारे नसोच्ने खेलकुद पदाधिकारीमाथि अप्रिय निर्णय लिन्छुः मन्त्री चौधरी


२३ श्रावण २०८१, बुधबार १४:५९ मा प्रकाशित

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरुलाई स्वदेशमै जीवनयापन गर्नसक्ने वातावरण बनाउने गरी सरकारले आवश्यक कदम चाल्ने प्रतिवद्धता जनाउनुभएको छ । बुधवार त्रिपुरेश्वरस्थित कार्यालयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निःवर्तमान उपाध्यक्ष शिव कोईरालाको बिदाई कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले खेलाडीहका जुन देशमा राम्रो काम गर्न सकिँदैन, सेवा, सुविधा दिन सकिँदैन त्यस देशबाट प्रतिभावान खेलाडी पलायन भइरहने बताउनु भयो । उहाँले सक्षम खेलाडीलाई कसरी नेपालमा रोक्ने, उनीहरुलाई केके सुविधा दिँदा जीविका चलाउन सहज हुन्छ भन्नेबारेमा सरकारले आवश्यक काम गर्ने पनि बताउनु भयो । उहाँले खेलाडीहरुका लागि भन्दा आफ्ना लागि बढी सोच्ने मन्त्रालय मातहतका खेलकुद निकायहरुलाई अप्रिय निर्णय लिने चेतावनी दिनुभयो ।

उहाँले सरकारले उत्कृष्ट खेलाडीहरुको वर्गीकरण गर्न लागेको जानकारी दिँदै उनीहरुका दुई सन्तानसम्मलाई कक्षा १२ सम्मको शिक्षा राम्रा विद्यालयमा अध्ययन गर्न पाउने व्यवस्था गर्न लागेको पनि बताउनु भयो । मन्त्री चौधरीले खेलाडीको जीवन बीमा बढाउने गरी सरकारले सोचिरहेको बताउनु भयो । उहाँले खेलाडीहरुको स्वास्थ्य बीमाका बारेमा अस्पतालहरुसँग कुरा भइरहेको बताउनु भयो । उहाँले खेलाडीहरुलाई नेपाली सेना र नेपाल प्रहरीमा मात्रै जागिर दिइरहेको भन्दै अन्य क्षेत्रमा पनि जोड्ने गरी आवश्यक पहल गर्ने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here