नेपाललाई शान्ति चाहिएको छ, द्वन्द्वमा फस्न दिँदैनौँः प्रधानमन्त्री


२३ श्रावण २०८१, बुधबार १३:४३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई शान्ति चाहिएको बताउनुभएको छ । बुधवार टिआरसी विधेयक सहमतिका लागि बनेको कार्यदलको प्रतिवेदन बुझ्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनै प्रकारको द्वन्द्वमा नेपाल नफसोस् भन्नेमा सरकार सजग रहेको बताउनु भयो ।

उहाँले विधिको शासन भन्दा पर जान नसक्ने पनि बताउनु भयो । उहाँले डेमोक्रेसी नहुँदा, अधिनायकवाद हुँदा, तानाशाही हुँदा, संवैधानिक बाटो, शान्तिपूर्ण बाटो अवरुद्ध हुँदा र लोकतान्त्रिक माध्यमबाट परिवर्तन र अग्रगमन सम्भव नहुँदा जनताले परिवर्तनका लागि आन्दोलन गर्दै आएपनि अहिले लोकतान्त्रिक बाटो खुला रहेको बतउनु भयो । लोकतान्त्रिक बाटो खुला हुँदा पनि गरिने क्रियाकलाप स्वीकार्य नहुने चेतावनी दिनुभयो ।

 प्रधानमन्त्री ओलीले अहिलेको सरकार लोकतन्त्रका लागि सचेत रहेको बताउनु भयो । उहाँले संवैधानिक कानूनी प्रावधानअनुसार सरकार नचले लोकतान्त्रिक नहुने बताउनु भयो । संघीयताको प्रभावकारी कार्यान्वयन भएका कमी हटाएर प्रभावकारी कार्यान्वयनतर्फ अघि बढ्ने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here