सरकारले श्वास फेर्ने हावामा कर लगाउने कानून मात्रै ल्याउन बाँकी छः सांसद शर्मा


२२ श्रावण २०८१, मंगलवार १८:२० मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले सरकारले नागरिकले श्वास फेर्ने हावामा कर लगाउने कानून मात्रै ल्याउन बाँकी रहेको बताउनुभएको छ । मंगलवारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफूले विभिन्न विषयमा नजिकबाट नियालीरहेको भन्दै सरकारले खानेपानी र स्वच्छ हावा निःशुल्क रुपमा पाउने पहिलो अधिकार भएपनि पानीमा पनि करमाथि कर बढाएको जिकिर गर्नुभयो । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा उहाँले यस्तो धारणा राख्नुभयो ।

व्यवसायिक प्रयोजनका लागि जमिन मुनिको पानी उपभोग गर्न दस्तुर तिर्नुपर्ने व्यवस्था गर्नका लागि प्रश्तावित व्यवस्थामा छलफल भरहेको विषयमा कांग्रेस सांसद शर्माको उक्त धारणा आएको हो ।

सांसद शर्माले हरेक क्षेत्रमा दोहोरो–तेहोरो कर लगाउँदा व्यवसायिक वातावरण बिग्रिरहेको बताउनु भयो । उद्योगीले पनि नाफाको ३० प्रतिशतसम्म सरकारलाई कर बुझाउने कानुन रहेको कुरा स्मरण गराउनु भयो । सांसद शर्माले जमिनमुनीको पानी औद्योगिक प्रयोजनको लागि निकाल्दा कर लागउने कानून फिर्ता लिन माग गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here