मोहम्मद युनुस बङ्गलादेशकाे अन्तरिम सरकार प्रमुखमा नियुक्त


२३ श्रावण २०८१, बुधबार ०८:३६ मा प्रकाशित

एजेन्सी । नोबेल पुरस्कार विजेता मोहम्मद युनुस मङ्गलबार राति बङ्गलादेशकाे अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका छन् । 

राष्ट्रपति मोहम्मद शहाबुद्दीनले विवादास्पद आम निर्वाचनमार्फत गठन गरेको १२ औँ संसद् विघटन गरेको केही घण्टापछि  युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेको बङ्गलादेशी पत्रिका न्यूएजले समाचारमा उल्लेख गरेको छ ।

शेख हसिनाको सत्ता पतन भएको एक दिनपछि बंगभवनमा भएको संयुक्त बैठकबाट युनुसलाई छनोट गर्ने सहमति गरेर नियुक्त गरिएको समाचारमा उल्लेख छ ।

राष्ट्रपतिका प्रेस सचिव जोनाल आबेदिनले अन्तरिम सरकारका बाँकी सदस्यबारे राजनीतिक दल र अन्य सरोकारवालासँगको छलफलपछि टुङ्गो लाग्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here