प्रधानमन्त्रीको दाबीः कहिल्यै भ्रष्टाचार गरिन र सहिन


२२ श्रावण २०८१, मंगलवार १७:३४ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कहिल्यै पनि भ्रष्टाचार नगरेको दाबी गर्नुभएको छ । मंगलवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले आफूले कसैलाई भ्रष्टाचार गर्ने कुनैपनि खालको अनुमति नदिएको जिकिर पनि गर्नुभयो । उहाँले आफूमाथि राजनीतिक रुपमा कुनै लाञ्छना लगाउने काम भएपनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिवद्धता दोहो¥याउनु भयो ।

भ्रष्टाचार नगर्ने र अरुलाई पनि आफूले भ्रष्टाचार गर्न नदिने प्रधानमन्त्री ओलीको दृढता थियो । उहाँले आफ्नो जानकारीमा रहेका ठाउँहरुमा आफूले भ्रष्टाचार गर्न नदिने पनि बताउनु भयो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले विधेयकहरु छिटो पारित गर्न पनि संसद र संसदीय समितिहरुलाई आग्रह गर्नुभएको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here