समितिमा कानूनमन्त्रीको आग्रहः संसदमा बिजनेस छैन, लगातार बैठक राखौँ


२२ श्रावण २०८१, मंगलवार १७:३२ मा प्रकाशित

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संसदमा समितिमा विचाराधिन विधेयकहरु छिटो भन्दा छिटो संसदमा पेश गर्न आग्रह गर्नुभएको छ । मंगलवारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संसदमा बिजनेस नरहेको भन्दै समितिमा रहेका विधेयकहरु चाँडो भन्दा चाँडो छलफल गरी संसदमा पेश गर्न समितिसमक्ष आग्रह गर्नुभयो । उहाँले विधेयकहरु संसदमा पठाउन दिनदिनै बैठक राख्न पनि आग्रह गर्नुभयो । उहाँले विचाराधिन विधेयकका विषयहरु टुंग्याउन लगातार बैठक राख्नुको विकल्प नरहेको बताउनु भयो । 

मन्त्री चौरसियाले केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयकमा छलफल राख्न पनि आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here