राज्य व्यवस्था तथा सुशासन समितिमा प्रधानमन्त्री ओली सहभागी


२२ श्रावण २०८१, मंगलवार १५:१३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसदीय समितिको बैठकमा सहभागी हुनुभएको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलवार बसेको बैठकमा पहिलो पटक उहाँ सहभागी हुनुभएको हो ।

बैठक दुई बजे बोलाइएको भएपनि प्रधानमन्त्री ओली करिव पौने ३ बजे समितिको बैठकमा पुग्नुभएको छ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल गर्ने कार्यसूचि रहेको छ । 


यसअघि साउन १६ गते शान्ति सुरक्षा र कारागार व्यवस्थापन सम्बन्धि समितिको बैठकमा पनि प्रधानमन्त्री ओलीलाई बोलाइएको थियो । तर प्रधानमन्त्री ओलीले आफू आउन नसक्ने जानकारी गराउँदै समितिको बैठकमा गृहमन्त्री रमेश लेखकलाई पठाउनु भएको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here