बिर्तामोड घटनाबारे प्रभु बैंकको दोस्रो विज्ञप्तिः नक्कली कागजात बनाउने काममा सिटौलाको संलग्नता


२२ श्रावण २०८१, मंगलवार १३:०६ मा प्रकाशित

झापा । झापाका पत्रकार टिकाराम नेपालकी श्रीमती मञ्जुकुमारी नेपालको रकम दाबी गरिएकोमा नक्कली मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बनाउने काममा बैंककै पूर्व कर्मचारी प्रमोद सिटौलाको संलग्नता रहेको प्रभु बैंकले जनाएको छ।

बैंकले दोस्रो प्रेस विज्ञप्ति जारी गर्दै सामान्य बैंकिङ अभ्यास बिपरित सम्बन्धित खातामा रकम नै दाखिला नगरी नक्कली कागजात बनाउने कार्यमा सिटौलाको संलग्नता रहेको प्ररम्भिक अनुसन्धानबाट खुल्न आएको  विज्ञप्तिमा उल्लेख छ।

सिटौला हाल बैंकको सम्पर्क बाहिर रहेकोले उनी उपर बैंकको कर्मचारी विनियमावली बमोजिम कार्बाही अघि बढाइएको बताइएको छ।

आफ्नो श्रीमतीको नाममा जम्मा गरिएको एक करोड १९ रुपैयाँबाट एक करोड १० रुपैयाँ मुद्दति खातामा जम्मा गरिएको पैसा म्याच्योर्ड भएपछि पैसा फिर्ता माग्न जाँदा खातामा पैसा नै नभएको बैंकले जवाफ दिएको नेपालले जनाउँदै आएका छन्।

सोही हिसाब राखेका बैंकका मार्केटिङ म्यानेजर सिटौला भने गत बुधबारदेखि सम्पर्कबिहीन छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here