झापा । बन्दको अवज्ञा गरेको भन्दै झापामा यात्रुबहाक बसमा तोडफोड भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका–१० स्थित बुट्टबारीनजिकै शनिवार बिहान बस तोडफोड भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख २७९५ नम्बरको सूर्योदय यातायातको बस तोडफोड भएको हो । तीन वटा मोटरसाइकलमा माक्स लगाएर आएका एक समूहले बसमा ढुङ्गा प्रहार गरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।’
संविधानले व्यवस्था गरेको समावेशी तथा आरक्षण कोटा लोकसेवा आयोगले कटौती गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंंघका आवद्ध संघ संस्थाहरुले प्रदेश १ मा शनिवार बन्दको घोषणा गरेको हो ।





