काठमाडौँ। बाङ्ग्लादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन्। प्रधानमन्त्री हसिनाले राजीनामा दिएर राजधानी ढाका छाडेकी छन्।
उनले आफ्नी बहिनीकासाथ बंगलादेश छाडेको बीबीसी हिन्दीले खबर प्रकाशित गरेको छ । बीबीसीका अनुसार हजारौँ प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका छन्। बंगलादेशमा जुलाई महिनादेखि विद्यार्थीहरू आन्दोलन गर्दै आएका थिए ।
आन्दोलन शुरु भएदेखि अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको छ ।