नयाँ सरकार बनेयता मुलुकमा आर्थिक गतिविधि बढ्ने सम्भावना देखियोः काँग्रेस प्रवक्ता महत


२१ श्रावण २०८१, सोमबार १६:०५ मा प्रकाशित

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ सरकार बनेसँगै मुलुकमा आर्थिक गतिविधि बढ्ने सम्भावना देखिएको दाबी गर्नुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रवक्ता महतले खुलुको मौदिक नीति र काँग्रेस एमाले सरकारले मुलुकमा स्थायित्व दिनसक्ने भएकाले मुलुकको आर्थिक गतिविधि आगामी दिन बढ्दै जाने देखिएको तर्क समेत गर्नुभयो । उहाँले सेयर बजारमा भने बिना आधार उकालो चढिरहेको भन्दै यसमा कडा निगरानी राख्न सरकारलाई सचेत गराउनु भयो ।

प्रवक्ता महतले केहीको चलखेलका कारण सेयर बजार उकालो लागेको हुनसक्ने औंल्याउँदै सर्वसाधरणलाई यसमा लगानी गर्ने कुरामा सचेत हुन पनि आग्रह गर्नुभयो । प्रवक्ता महतले सर्वसाधारणको लगानी सेयर बजारमा डुब्नसक्ने खतरा रहेको औंल्याउँदै त्यसो हुन नदिन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here