नर्सहरुको समस्यालाई प्राथमिकतामा राख्न सांसद बिसीको आग्रह


२१ श्रावण २०८१, सोमबार १५:३९ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमाले सांसद सुमित्रा बिसीले स्वास्थ्य सेवामा कार्यरत नेपाली नर्सहरुको समस्यालाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ । सोमवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले नर्सिङ क्षेत्रमा लामो समय काम गरेका नर्सहरुको स्तरवृद्धि नहुँदा नर्सहरु अन्यायमा परिरहेको जिकिर गर्नुभयो । उहाँले नेपालको स्वास्थ्य ऐन, २०५३ को ९ (क) १ मा भएअनुसार र नियमावली २०५५ को नियमअनुसार स्तरवृद्धि हुनका लागि दुर्गम क्षेत्रको सेवा गर्नुपर्ने प्रावधान रहेपनि दुर्गममा संघीय अस्पताल नहुँदा स्तरवृद्धिको समस्या भएको बताउनु भयो ।

उहाँले सेवाअनुसार सुगममा सेवा गर्ने हरुलाई पनि स्तरवृद्धि हुनुपर्ने माग गर्नुभयो । सांसद बिसीले रातिको समयमा काम गर्ने स्टाफ नर्सहरुलाई समस्यालाई मध्यनजर गरी उत्साहका साथ काम गर्ने वातावरण मिलाउन आग्रह गर्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here