सरकारको पहिलो प्राथमिकता शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनु होः कानूनमन्त्री चौरसिया


२१ श्रावण २०८१, सोमबार १५:३६ मा प्रकाशित

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले देशको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने बताउनुभएको छ । सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री चौरसियाले देशको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याइने बताउनुभएको हो ।

उहाँले १८ वर्षदेखि अल्झिएको संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा प्रमुख दलहरुका बीचमा सहमती जुटेको भन्दै अहिले प्रतिवेदन तयार गरिरहेको बताउनु भयो । उहाँले प्रतिवेदन तयार भइसकेपछि शिर्ष नेताहरुलाई देखाएर संसदमा पेश गरिने बताउनुभयो । उहाँले संसदबाट सर्वसम्मत रुपमा पारित गर्नेगरी शिर्ष नेताहरुले सम्बोधन गर्ने पनि बताउनु भयो । 

मन्त्री चौरसियाले सरकारको पहिलो प्राथमिकता शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनु रहेको बताउनु भयो । त्यस्तै देशमा सुशासन कायम गर्नु र समृद्धितर्फ देशलाई अगाडी बढाउनु सरकारको प्रमुख कामहरु रहेको उहाँले उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here