पाटन उच्च अदालत बारको निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया शुरु


२१ श्रावण २०८१, सोमबार १५:११ मा प्रकाशित

काठमाडौं । पाटन उच्च अदालत बारको निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया शुरु भएको छ । सोमवार उच्च अदालत परिसरमा निर्वाचनका लागि मनोनयन दर्ता शुरु भएको हो । तर स्वतन्त्र कानून व्यवसायी मञ्चले भने बिरोध जनाएको छ ।

उनीहरुले समावेशी लागू नगरेको भन्दै आपत्ति जनाएका छन् । मनोनयन दर्ताका लागि शुल्क बढी भएको उनीहरुको आरोप छ । अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्वतन्त्र कानून, व्यवसायी मञ्चकी कोषाध्यक्ष दियारानी थापाले प्यानल उठाएर आफ्नो आफ्नो ल्याउने र अरुलाई प्रतिष्पर्धा गर्न रोक्ने काम भएको भन्दै आपत्ति जनाउनु भयो । बारको निर्वाचन युवाहरुका लागि उपयुक्त वातावरण नरहेको जिकिर गर्नुभयो । 

यता, अधिवक्ता रामचन्द्र शिम्खडा भने स्वतन्त्र कानून व्यवसायी मञ्च पार्टीको झण्डा बोकेर बारको निर्वाचनमा आएको आरोप लगाउनु भयो । उहाँले कानून व्यवसायीहरु पार्टीको भण्डा बोकेर आउनु नहुने बताउनु भयो । उहाँले समावेशिताको चर्को नारा दिएर मात्रै नहुने भन्दै आफूहरुले कानून बमोजिम निर्वाचन गराइरहेको बताउनु भयो ।मनोनयन दर्ताका लागि २०७५ सालमा तोकिएको रकम भन्दा बढी रकम नलिएको दाबी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here