सरकारले हवाई टिकटमा हुने पद र पहुँचको दुरुपयोग तत्काल रोक्नुपर्छः एमाले सचेतक बराल


२१ श्रावण २०८१, सोमबार १५:०७ मा प्रकाशित

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)की सचेतक सुनिता बरालले हवाई टिकटमा पद र पहुँचको दुरुपयोग गर्ने काम तत्काल रोक्न सरकारसँग माग गर्नुभएको छ । हवाई यातायातका लागि पद र पहुँचको दुरुपयोग हुँदा सर्वसाधारणले टिकट नपाउने दुःखद् अवस्था रहेको उल्लेख गर्दै उहाँले त्यस्तो अवस्थाको अन्त्य हुनेगरी आवश्यक व्यवस्था मिलाउने काममा सरकारले ढिलाई गर्न नहुने उहाँको भनाई थियो  ।

सोमवार प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सचेतक बरालले विभिन्न जिल्लाहरुको सडक सञ्जाल मर्मतको काममा पनि तिब्रता दिन सरकारको ध्यानाकर्षण गराउनु भयो । दशैँ, तिहारजस्ता चाडपर्व आउन लागेकाले सरकारले सर्वसाधरणले सार्वजनिक यातायातबाट सहज ढंगले घर जान पाउने गरी सडक मर्मतको काम गर्नुपर्ने उहाँले बताउनु भयो । 

सचेतक बरालले सर्वसाधारणले सार्वजनिक यातायातमा धेरै दुःख पाउने गरेकोतर्फ पनि सरकारलाई सचेत गराउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here