काँग्रेस–एमाले अनुकुलको संविधान संशोधन कदाचित मान्य हुनेछैनः सन्तोष परियार


२१ श्रावण २०८१, सोमबार १४:५२ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले आफू अनूकल संविधान संशोधन गर्ने सत्तारुढ गठबन्धनको सहमति मान्य नहुने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रमुख सचेतक परियारले सरकारले राज्यका सबै निकायमा समावेशी हुनेगरी प्रतिनिधित्व गराउन पनि सरकारलाई सचेत गराउनु भयो ।

उहाँले सरकारले समावेशीताको आधारमा राज्यका सबै अंगमा नियुक्ति गर्नुपर्ने व्यवस्थालाई लत्याएको आरोप समेत लगाउनु भयो । प्रमुख सचेतक परियारले संविधानले समावेशीतालाई जोड दिएपनि सरकारले सोही अनुसार काम गर्न नसकेको भन्दै आपत्ति जनाउनु भयो । प्रमुख सचेतक परियारले सरकार संविधानअनुसार अघि बढ्न नसकेको जिकिर पनि गर्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here