आम जनतालाई ठगी गर्ने शेयर कारोबारमा संलग्न कम्पनीमाथि सरकारले तत्काल छानविन गर्नुपर्छः सांसद सिंह


२१ श्रावण २०८१, सोमबार १४:३२ मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले आम जनतामाथि ठगी गर्ने सेयर कारोबारमा संलग्न कम्पनीहरुमाथि छानविन गर्न सरकारसँग माग गर्नुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा बिना आधार शेयर बजार उकालो लागेको देखाएर आम जनतालाई ठगी गर्ने धन्दामा लागेका कम्पनीमाथि कडा निगरानी राख्न र उनीहरुमाथि छानविन गर्नका लागि सरकारले एउटा समिति गठन गर्नुपर्ने उहाँको भनाई थियो ।

सांसद सिंहले आम जनतालाई गुमराहमा राख्ने कुनैपनि सेयर कारोबारमा संलग्न कम्पनीहरुमाथि नियमनकारी निकायहरुले पनि कडा निगरानी राख्नुपर्ने बताउनु भयो । शेयर बजारमा कृतिम ढंगले काम गर्ने कुनैपनि कम्पनीलाई सरकारले कारबाहीको दायरामा तत्काल ल्याउनुपर्ने सांसद सिंहले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here