सार्वजनिक लेखा समितिको सभापति तत्काल प्रतिपक्षले पाउनुपर्छः माओवादी केन्द्रका सांसद सापकोटा


२१ श्रावण २०८१, सोमबार १४:१३ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षले पाउनुपर्ने बताउनुभएको छ ।


सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उहाँले सो माग गर्नुभएको हो । सांसद सापकोटाले सो समितिका सभापति ऋषिकेश पोखरेलले अनुचित ढंगले डेडिकेटेड तथा ट्रंक लाईन वक्यौता रकम नतिरेका व्यापारीहरुसँग रहस्यमय ढंगले भेट गरेको जिकिर गर्दै सो घटनाका लागि छानविनका लागि सरकारलाई रुलिङ गर्न पनि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनु भयो ।

सभापति पोखरेलले अघिल्लो सार्वजनिक लेखा समितिले सो वक्यौता रकम असुली गर्नका लागि दिएको निर्देशन विपरित लागेकाले उनीमाथि कारबाही हुनुपर्नै उहाँको भनाई थियो । सांसद सापकोटाले नेपाल विद्युत प्राधिकरणका बोर्ड सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाउनु भयो । सांसद सापकोटाले सरकारले विद्यमान नियम विपरित प्राधिकरणका बोर्ड सदस्यहरुलाई बर्खास्त गरेको दाबी समेत गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here